काठमाडौं । हिमालयन बैंक लिमिटेडले जाउलाखेल शाखा र जनकपुर शाखा-२ लाई स्थानान्तरण गरी श्रावण २७ गतेदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।
बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।
बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटिएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।