राष्ट्र बैंकद्वारा जाल्पा र किसान लघुवित्तलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले यी दुई कम्पनीलाई जेठ २९ गते ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्ने गरी अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै संस्थाबीच मर्जर कार्यका लागि २०८० चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुवै संस्थाको गत २०८० चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो ।

हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । यी दुई संस्थाबीच २०८० साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।

जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स