काठमाडौ । आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित अधिकाश विदेशी मुद्राको मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । विगत तीन दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४७ पैसा थियो।