सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैंयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैंयाँ तय भएको हो ।

यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैंयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५०रुपैंयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैंयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ रुपैंयाँले बढेर एक हजार छ सय १० रुपैंयाँ बराबरको मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स