यस्तो छ आज अमेरिकी डलरको मूल्य, अन्यको विनिमय दर कस्तो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अरु धेरै विदेशी मुद्राको मूल्य घटेको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा थियो ।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा थियो ।

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा थियो।

प्रतिक्रिया

हेडलाइन्स