काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ । विश्व बैंकको आहावनमा यस वर्ष मार्च १८ देखि २४ सम्मलाई प्रोटेक्ट योर मनि,सेक्योर योर फ्यूचर भन्ने नारा सहित ग्लोबल मनि वीकको रुपमा बैंकले उक्त कार्यक्रमा संचालन गरेको हो ।
यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ स्वयम उपस्थित भई बैंकले कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा वित्तीय साक्षरता फागुन ६ गतेमा कार्यक्रम संचालन गरेका थिए । विद्यालयका एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिङ सेवा, क्रिप्टो करेन्सी, क्यास लेस, पेपरलेस बैंकिङ सेवाहरु, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोबार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराएका थिए ।
साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारे । साथै उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हरिनगरा क्षेत्रका कर्जा ग्राहकहरुसँग कृषि विकास बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिए ।
साथै बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको छ भने नेपाल राष्ट्र बैंकले लुम्बीनी प्रदेशमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम प्रदेश कार्यालय भैरहवाको सहभागीता रहेको थियो ।