ग्लोबल मनी विकमा नबिल बैंक, वित्तिय जागरणमा अब्बल

काठमाडौं । वित्तिय ज्ञान प्रदान गर्न हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ‘ग्लोबल मनी विक’ मनाइदै आएको छ । ग्लोबल मनी विकको इनिसिएशन राष्ट्र बैंकले मात्रै लिएको छैन । बैंक तथा वित्तीय संस्थाले पनि यसलाई महत्वका साथ लिएका छन् ।

हरेक संस्थाले हैसियत अनुसार खुलेर ‘ग्लोबल मनी विक’ को १२ औं संस्करण मनाए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चैत ५ गते ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ को शुभारम्भ गरे ।

गभर्नर अधिकारीले ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल पार्न बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन नै गरे । राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न नसक्ने राष्ट्र बैंकको ठहर हो ।

गभर्नर अधिकारीको निर्देशनअनुसार यो कार्यक्रमलाई अझ बढी सार्थकता र प्रभावकारी बनाउन कुनै बैंकले ११/१२ कक्षाका विद्यार्थीहरूलाई पैसाको व्यवस्थापन र साइबर थ्रेडबाट बच्ने उपाय सिकाए भने कसैले वित्तीय साक्षरताका साथै वित्तीय समावेशीलाई समेत ध्यानमा राखेर आफ्ना कार्यक्रमहरू केन्द्रीकृत गरे ।

बैंकिङ क्षेत्र अग्रणी भूमिका निभाइरहेको नबिल बैंक लिमिटेडले पनि ग्लोबल मनि विकलाई सार्थक पार्न सूदुरपश्चिम चौरी कैलालीको लम्कीचुहा नगरपालिका–५ स्थित जन जागृति माध्यमिक विद्यालयका ११ र १२ कक्षाका ३ सय जना विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम आयोजना गर्यो ।

नबिल बैंकले आयोजना गरेको उक्त कार्यक्रममा छात्रहरूभन्दा छात्राहरूको बाक्लो उपस्थिति देखियो । कार्यक्रममा नबिल बैंक सुदूरपश्चिम क्लस्टर प्रमुख अस्मिन बस्नेतले ग्लोबल मनी विकको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रममा डिजिलट ठगी, खर्च गर्ने बानीलाई कन्ट्रोल गरि बचत गर्ने बानीको विकासदेखि बजेटिङ स्कील र सानो लगानीले पनि भोलि सुनौलो भविष्य कोर्नसम्मका विषय वस्तु सम्बन्धी ज्ञान प्रशिक्षण दिएकोे बताए ।

विशेष त ग्लोबल मनी विकमा विद्यार्थीलाई विद्यार्थी जीवनमै पैसाको महत्व सिकाउन खोजिएको छ । ‘समग्र बैकिङ सिष्टम डिजिटलाइजेश हुँदै गर्दा डिजिटल ठगी पनि बढ्दै गएको छ’, उनले भने ‘यसबाट बच्नको लागि आफ्नो ओटीपी कसैलाई पनि सेयर नगर्ने, जस्तो पाए त्यस्तै मेल नखोल्ने तथा आफूलाई शंका लागेका लिंकहरूमा क्लिक गर्दा आफै जोखिममा पर्न सक्ने भएकोले त्यस्ताबाट बच्न विद्यार्थीलाई साक्षर बनाएका हौं ।’

दुर्गम गाउँदेखि सहरी क्षेत्रका विद्यार्थीको समेत आर्कषण रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्दै आएको उक्त विद्यालयमा मानविकी, विज्ञान, शिक्षा, सिभिल इन्जिनियरिङ, व्यवस्थापन अध्ययन हुने गरेको छ ।

कार्यक्रममा सबै संकायका विद्यार्थी सहभागी रहेपनि व्यवस्थापन पढ्दै गरेका विद्यार्थीहरूले भने बढो चासोका साथ जिज्ञाशा राखेकोे क्लस्टर हेड बस्नेतले बताए । अझ पैसाको व्यवस्थापन र बजेटिङको विषयमा छात्राहरूले बढी चासो दिएका उनले सुनाए । ‘बजेटिङ र सेभिङको विषयमा छात्रभन्दा छात्राहरू बढी सेन्सेटिभ देखिए’, उनले भने ‘शैक्षिक कर्जा, यसको प्रक्रिया र ब्याजका सम्बन्धमा विद्यार्थीहरूले प्रश्न राखेका थिए ।’

विद्यार्थीहरूलाई सो कार्यक्रममा डेविट कार्ड, क्रेटिड कार्डहरूका विषयमा जानकारी दिनुका साथै खाता खोल्दा बालिक र नाबालिकमा भिन्नता, लोन लिँदा बनाउनु गर्नुपर्ने डकुमेन्ट तथा पुरा गर्नुपर्ने बैकिङ प्रोसिडरहरूका विषयमा पनि जानकारी दिइएको थियो ।

नबिल जस्तो स्थापित बैंकले आफ्नो विद्यालयमा यति राम्रो कार्यक्रम गरेकोमा आफू निकै खुशी भएको विद्यालयका प्रधानाध्यापक नयाराम विकले बताए । ‘केहि वर्षअघि एउटा बैंकले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो’, उनले भने ‘त्यतिबेलाको अहिलको प्रशिक्षणमा धेरै अन्तर पाए ।

अहिले डिजिटलका कुरा, सेभिड र इन्भेष्टमेन्टका कुरा, डिम्याट खाताका कुरा भए । समग्र बैकिङ क्षेत्रको विषयवस्तुका विषयमा छलफल त भइनै हाल्यो ।’ यस्ता कार्यक्रमले विद्यार्थीमात्रै दिक्षित भएनन्, हामी शिक्षक शिक्षिकाले पनि धेरै कुरा सिक्ने मौका मिल्यो । खर्च व्यवस्थापनको औचित्य र यसले तय गर्ने सुनिश्चित भविष्यका वारेमा पनि छलफल र अन्तक्रिया भयो ।’

ग्लोबल मनी विकको मुख्य लक्ष्य भनेको युवाहरूलाई उचित वित्तीय निर्णयहरू गर्न, उनीहरूको पैसा प्रभावकारी रूपमा व्यवस्थापन गर्न र सुरक्षित वित्तीय भविष्य निर्माण गर्न आवश्यक ज्ञान र सीपहरूको साथ सशक्त बनाउनु हो ।

के हो ग्लाबल मनी विक ?
‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । ग्लोबल मनी विक किशोरकिशोरी तथा युवायुवतीहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने वार्षिक रुपमा मनाइने अभियान हो । यो कार्यक्रमले वित्तीय ज्ञान, सीप अभिवृद्धिका साथै व्यावहारिक रुपमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्नेछ ।

कहिलेबाट मनाउन थालियो ग्लोबल मनी विक ?
सन् २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताहव्यापी कार्यक्रमबाट १७६ राष्ट्रका ६ करोड बालबालिका तथा युवायुवती लाभान्वितका भएका छन् । यो कार्यक्रम १२ करोड मानिसमाझ पुगेको अनुमान गरिएको छ ।

गत वर्षको ग्लोवल मनी विक ४० हजार ४१६ ओटा संगठनले मनाएका थिए । यस वर्षको स्लोगानले ‘आफ्नो पैसाको सुरक्षा भविष्यको सुनिश्चितता भन्ने सन्देश दिएको हो । उक्त कार्यक्रम विश्वभर मार्च १८ देखि २४ सम्म मनाइएको हो । यो सप्ताह हरेक वर्ष अर्गानाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजकत्वमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ ।

यो साताव्यापी कार्यक्रमले पैसाको उचित व्यवस्थापन गर्न सके भविष्य सुनौलो हुने र अन्ततोगत्वा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिममा नबिलको अनुकरणीय सेवा
बैंकिङ सेवामा अग्रणी भूमि खेल्दै आएको नबिल बैंक सुदूरपश्चिमका ९ वटै जिल्लाको स्थानीय तहसम्म पुगेर १७ वटा शाखामार्फत आमनागरिकसँग जोडिएको छ । यी शाखाबाट बैंकले ३१ हजारलाई सामाजिक सुरक्षा भत्ता खातामार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले बैतडीको पञ्चेश्वर जस्तो विकट स्थानमा पनि आफ्नो सेवालाई प्रभावकारी रुपमा प्रदान गरिरहेको छ ।

यतिमात्रै होइन नबिलले साना साना उद्यम व्यवसाय गर्नेसँग जोडिएर उनीको आवश्यकता पुरा गर्ने वित्तीय साथी बनेकोे छ । सुपमा दिएको बैकको यो सेवाले नबिल ठूला लगानीकर्ता र प्रतिष्ठित व्यक्तिकोमात्रै नभएर हरेकको बैंक बनेको छ । बैंक मुख्य नेचर नाफा कमाउने भएपछि विकट जिल्लामा प्रदान गर्ने सेवालाई नाफाका हिसाबले भन्दा पनि सेवाका हिसाबले लिएको छ ।

सुदूरपश्चिम क्लस्टरका १७ शाखामा १ लाख ४५ हजार ग्राहकबाट बैंकले ६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रदान गरेको यो सेवाले दुर्गम जिल्लाका आमनागरिकलाई बचत गर्ने अभ्यासमात्रै विकास गराएको छैन, उद्यमशीलता गर्न र उद्यमी बन्न पनि सिकाएको छ ।

नबिल बैंक सुप क्लस्टरमा खटिएका १०४ जना कर्मचारीले डोटीको सायल, डडेल्धुराको अलीताल, बझाङको बित्थडचिर दार्चुलाको चैनपुरजस्ता विकट स्थानका वासिन्दालाई काठमाडौंका ग्राहकजस्तै चुस्त सेवा प्रदान गर्दै आएको छ ।

‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिपअन्तर्गत सुदूरपश्चिम क्लसटरबाट प्रत्येक वर्ष कम्तिमा एक सय जनालाई उत्पादन क्षेत्रसँग जोड्ने लक्ष्य लिएको छ । यसमा नबिलले सीप सिकाउनेदेखि उनीहरूलाई ग्रूम गरी आत्मविश्वास बढाउने, वित्तीय संस्थासँग जोड्नेसम्मको काम गरिरहेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स