राष्ट्र बैंकले दुई लघुवित्तको लाभांश वितरणमा रोक लगाउने, को-को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको लाभांश वितरणमा रोक लगाउने भएको छ। राष्ट्र बैंकले सिर्जनशील लघुवित्त र सुपर लघुवित्तलाई लाभांश वितरणमा रोक लगाउने भएको हो।

यी दुई लघुवित्तले पुँजीकोषको व्यवस्था कायम गर्न नसक्ने भएपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने भएको हो।

राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । चालू आवको दोस्रो त्रैमासमा यी दुई लघुवित्तको पुँजीकोष ८ प्रतिशत कम रहेको हुँदा सो व्यवस्था बमोजिम राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्दछ ।

५५ वटा लघुवित्त वित्तीय संस्थाहरूले भने पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ ।

पुस मसान्तमा सिर्जनशील लघुवित्तको पुँजीकोष ४.४६ प्रतिशत छ भने सुपर लघुवित्त पुँजीकोष ऋणात्मक छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स