काठमाडौं । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित कुमारी बैंकले “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको छ ।
न्युनतम मौज्दात एक हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ । बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।