व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर संस्थागत भन्दा १ प्रतिशत विन्दुले माथि हुनुपर्ने

काठमाडौं । अब व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर संस्थागत भन्दा १ प्रतिशत विन्दुले माथि हुनुपर्ने व्यवस्था भएको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून हुनु पर्ने व्यवस्था गरेको हो ।

साथै समीक्षामार्फत राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।

आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत छ भने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने बताएको छ ।

प्रतिक्रिया

हेडलाइन्स