कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा पशुपति मुरारका

काठमाडौं । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज माघ महिना २८ गते आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारणसभा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आव २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०७९/०८० आसार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आवमा २०८०/०८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो ।

उक्त सम्पन्न साधारण सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण सेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया

हेडलाइन्स