सिद्धार्थ बैंकले ल्यायो महिलालाई फोकस गर्दै स्थिर ब्याजदरसहितको घरकर्जा योजना, अन्य प्रडक्ट कस्ता ?

काठमाडौं । मन्दीमा गएको अर्थतन्त्रलाई चलायमान बनाउन सबै बैंकहरूले घर कर्जालाई फोकस गरेर कर्जाका प्रडक्टहरू सार्वजनिक गरेका छन् । बैंकहरूबीच जति सक्दो सस्तो ब्याजमा घर कर्जा उपलब्ध गराउने होडबाजी नै चलेको जस्तो देखिन्छ । अन्य लोन प्रडक्टको ब्याजदर १२/साढे १२ प्रतिशत भएपनि घरकर्जाको ब्याजदर भने बैंकहरूले एकल बिन्दुमा समेत झारेका छन् । सिद्धार्थ बैंक लिमिटेड पनि व्यक्तिगतको लागि भनेर नयाँ प्रडक्ट घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा, सेयर धितो कर्जालगायतका योजना सार्वजनिक गरेको छ ।

घर कर्जा
बैैंकले व्यक्तिगत रुपमा आर्थिक अवस्था कमजोर भएका ग्रहाकहरूको लागि घर निमार्ण गर्नेलाई ५ वर्षको लागि १०.९९ प्रतिशत स्थिर ब्याज दरमा नयाँ घर कर्जाको सुविधा दिएको छ । बैंकले ५ देखि १० वर्षको लागि ११.४९ प्रतिशत र १० वर्ष भन्दा बढि समयको लागि कर्जा लिएमा १२ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्नेछ । साथै बैंकले घर निर्माण गर्न चाहने इच्छुक महिलाहरूको लागि पहिलो सात वर्षसम्मा १०.७४ प्रतिशत स्थिर ब्याजदरमा ऋण प्रदान गर्दछ ।

विशेष गरि बैंकले आवासीय वा व्यावसायिक उपयोगको लागि भवन खरिद गर्न, विद्यमान भवनको नवीकरण र विस्तार गर्न, अवस्थित भूमिमा भवन निर्माण गर्न, आवास कलोनीबाट अपार्टमेन्ट, आवासीय भवन खरिद गर्न गर्नलाई पनि कर्जा प्रदान गर्छ । बैंकबाट लिएको सो कर्जा २५ वर्षसम्म मोरेटोरियम अवधि र अत्यधिक प्रतिस्पर्धी ब्याज दर र सेवा शुल्क रहनेछ । बैंकबाट घर निर्माणको लागि लिएको उक्त ऋण ईएमआई र इक्युआई किस्तामा उपयुक्त मोरेटोरियम अवधिको साथ भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंक अटो कर्जा, पुरानो गाडी खरिदको लागि पनि लिनसकिने
बैंकले घर कर्जाको योजना ल्याएसँगै सवारी साधान कर्जाको पनि सुविधा ल्याएको छ । बैंकले सिद्धार्थ अटो लोनसँग आफ्नो सपनाहरु तिर ड्राइभ गर्नुहोस् भन्दै आम ग्राहकहरूको गाडीको फाइनान्स वा पुनर्वित्त प्रतिस्पर्धी ब्याज दरहरू र लचिलो रिपेमेन्ट्को विकल्पहरूको साथ सहज यो योजना ल्याएको हो । बैंकले व्यक्तिगत आवश्यकता अनुरुप ५ वर्षको लागि १२.५० प्रतिशत र ५ देखि १० वर्षको लागि १३ प्रतिशत ब्याज दरमा अटो कर्जा लिन सकिने व्यवस्था मिलाएको छ ।

बैंकबाट निजी वा व्यावसायिक प्रयोगको लागि अटोमोबाइल खरीद गर्न, व्यक्तिको लागि चलानी मूल्यको अधिकतम ५० प्रतिशतसम्मा कर्जा लिन सकिनेछ । त्यस्तै व्यापारिक संस्थाहरूको लागि इनभ्वाइस मूल्यको अधिकतम ७० प्रतिशत, इलेक्ट्रिक वाहनको लागि इनभ्वाइस मूल्य को ८० प्रतिशत र प्रयोग गरिएको सवारीको लागि आधिकारिक मानको ५० प्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था रहेको छ । बैंकबाट लिएको सो ऋण प्रतिस्पर्धी ब्याज दर र सेवा शुल्क सहित ७ वर्ष भित्र चुक्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

शैक्षिक कर्जा
बैंकले एक करोड रुपैयाँसम्मको शैक्षिक कर्जा योजना ल्याएको छ । बैंकले ‘शिक्षा खर्च तपाईंको उज्वल भविष्यको लागि लगानी हो’ भनी विद्यार्थिहरूको कलेज खर्चको लागि विभिन्न प्रकारको आर्थिक सहयोग प्रदान गर्दै शैक्षिक योग्यताको भर्याङग चढ्न सजिलो बनाउने उद्देश्यले शैक्षिक कर्जाको आयोजना ल्याएको हो । बैंकले ५ वर्षको लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षको लागि १३ प्रतिशत र १० वर्ष भन्दा बढि लोन चलाएमा १३ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्ने जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो उच्चा शिक्षा हासिल गर्नेको लागि बैंकबाट लिएको ऋण १५ वर्ष भित्र सरल भुक्तानी प्रक्रिया अनुसार ब्याज दर सहित चुक्ता गर्नुपर्ने हुन्छ । कर्जा लिन चाहने विद्यार्थिहरूले बैंकको सबै शाखाहरूबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

व्यक्तिगत कर्जा
बैंकले व्यक्तिगत बैंकिङ उत्पादन र सुविधाजनक सेवाहरूको विस्तृत श्रृंखला साथ आम ग्राहकलाई आफ्नो वित्त प्रबन्ध गर्न, लगानी बढाउन र महत्त्वपूर्ण वस्तुहरू खरिदको लागि आर्थिक आवश्यकता पुरा गर्नको लागि सहयोग गर्न व्यक्तिगत कर्जाको सुविधा प्रदान गर्दछ । बैंकबाट १३ प्रतिशत ब्याज दरमा व्यक्तिगत कर्जा लिन सकिन्छ ।

सेयर कर्जा
बैंकले यो अवधिमा अन्य नयाँ कर्जा सँगै सेयर कर्जाको पनि योजना ल्याएको हो । बैंकले सार्वजनिक गरेको नयाँ प्रडक्ट सेयर विरुद्ध कर्जा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध कम्पनीहरूको सेयरको लागि प्रदान गरिएको एक परिक्रामी ऋण हो ।

मुद्दती निक्षेपमा कर्जा
बैंकले आफ्ना ग्राहकहरूले सजिलै मुद्दती निक्षेपमा कर्जा प्राप्त गर्न सकिने गरि मुद्दती निक्षेपमा कर्जाको योजना ल्याएको हो । बैंकले निक्षेपको मूल्यको ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएको हो । बैंकबाट लिएको उक्ता ऋण एक वर्ष वा उधारकर्ताको मुद्दती निक्षेपको मितिसम्म चुक्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

सिद्धार्थ महिला उद्यमशील कर्जा
बैंकले सिद्धार्थ उद्यमशील कर्जा भनेर नयाँ प्रडक्ट ल्याएको हो । बैंकले सिद्धार्थ महिला उद्यमशील कर्जालाई ‘युनिफाइड दिशानिर्देश, २०७५’ अनुसार अनुदानित कर्जा ब्याज अनुदानको लागि महिलाहरुको नेतृत्वमा सञ्चालित साना उद्यमहरुलाई प्रबर्धन गर्न क्रेडिट सुविधा विस्तार गर्न अनुकूलित गरिएको छ । विशेष गरि बैंकले महिलाहरूको अगुवाई र सञ्चालित साना उद्यमहरूलाई प्रबर्धन गर्न क्रेडिट सुविधा विस्तार गर्ने, व्यवसाय जस्तै कृषि, साना र कुटिर उद्योग, सेवा क्षेत्र र अन्य मूल्य थप व्यवसाय आदि गर्नलाई यो कर्जाको व्यस्था गरेको हो ।

 

प्रतिक्रिया

हेडलाइन्स