नबिल बैंकले विदेशबाट फर्किएका जनशक्तिलाई लक्षित गरी ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

काठमाडौं । नबिल बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ नामक नयाँ कर्जा सार्वजनिक गरेको छ । बैंकले उक्त कर्जा विदेशमा काम गरेर फर्केका जनशक्तिलाई लक्षित गरेर उक्त कर्जा ल्याएको आज एक कार्यक्रम गरेर जानकारी दिएको हो । नबिल बैंकले आज सार्वजनिक गरेको उक्त कर्जा लिनको लागि विदेशमा काम गरेर आएको नेपाली नागरिक हुुनपर्नेछ ।

बैंकले सो कर्जा आयमूलक व्यवसाय/उद्यम सुरु वा विस्तार गर्न प्रवासी नेपाली र उनीहरूको परिवारलाई लक्षित गरी ल्याएको नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बताए । ‘विदेशबाट काम गर्ने कल्चर सिकेर आएकालाई उपयोगमा ल्याउन सकियो भने देश परिवर्तन हुन समय नलाग्ने उनले बताए । बैंकले नाफा आर्जन गर्ने र रोजगार सिर्जना गर्ने उद्देश्यले नबिनतम योजना ल्याएको उनले जानकारी दिए ।

१५ लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म पाइने उक्त कर्जामा बैंकले आधारदरमा १.५ प्रतिशत प्रिमियम थपेर दिने जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले विदेशबाट फर्केका र उनीहरूको घरदैलोसम्म सेवा दिने हिसावले ल्याएको बताए । विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केहि गरौ भन्ने सोचका बनाइरहेका नेपालीहरुले आफ्नो उद्योग तथा व्यवसायको प्रकृतिका आधारमा आफ्नो आवश्यकता अनुसार १० करोडसम्म कर्जा लिन सक्नेछन् ।

‘परदेशमा ज्ञान, सीप र काम गर्ने वर्किक कल्चर सिकेका र केहि पुँजी पनि लिएका आएकालाई लक्षित गरी यो कर्जा ल्याएका हौं’, उनले भने ‘अहिले यो कर्जा १०.५७ प्रतिशत ब्याजमा पाउन सकिन्छ । अबको महिनामा यो ब्याजदर एकल अंकमा झर्नेछ ।’

बैंकले सो कर्जा देशभरका २६६ शाखा सञ्जालबाट लिन सकिने छ भने ३ देखि ५ कार्यदिनमै सो कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । उक्त कर्जाको अवधि १० वर्षको हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स