कता जाँदै छौं हामी ? यस्तो छ वाणिज्य बैंकहरूको वित्तीय सूचकांक

काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले चालु आवको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । कर्जा रिकभरी हुन नसकेर खुद नाफा घटेको बैंक बैंकहरूको औसतमा सूचकांश त्यति राम्रो देखिएन ।

दोस्रो त्रैमाससम्मको रिपोर्ट विश्लेषण गर्दा अधिकांश बैंकले आगामी वर्ष लाभांश दिन नसक्ने देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी पहिलो त्रैमासको तुलनामा केहि बढे पनि अझै बैंकहरू सामान्य र सहज अवस्थामा पुग्न भने यो आवको अन्त्यसम्म नै कुर्न पर्ने हो जस्तो देखिएको छ ।

बढ्दै गएको खराब कर्जाका कारण तनावमा रहेका बैकहरूले चालु आव दोस्रो त्रैमासमै कर्जा असुलीको लागि ठूलो कसरत गर्यो, बैंकले ठूलो टिम नै कर्जा रिकभरीमा छुट्यो । तर, पनि अपेक्षित कर्जा असुली हुन सकेन ।

बजारमा मन्दीको अवस्था छ । ऋणीलाई कर्जा र ब्याज तिर्न सहज छैन । एक वर्षयता म्याक्रो लेभलमा रहेको अर्थतन्त्रमा देखिएको समस्या पछिल्लो समय माइक्रोलेभलसम्म पुगेको छ । घरघरमा चूलो बल्न गाह्रो भइसकेको अवस्था छ । गहिरिदै गएको यो समस्यालाई समाधान गर्न सरकार तथा नियामकीय निकाय नेपाल राष्ट्र बैंकले गहन रुपमा क्षेत्रगत अध्ययन र अनुसन्धान गरि समस्या देखिएको क्षेत्र पहिचान गरि तत्काल समाधानको उपाय खोज्नु पर्ने देखिएको छ ।

बैंकिङ क्षेत्रमा देखिएको यो समस्या क्षेत्रगत रुपमा अध्ययन गरेर त्यसको सुधारमा लाग्नु पर्ने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले बताए । ‘कुन क्षेत्रको कारणले एनपीए बढेको हो, त्यस क्षेत्रगत रुपमा अनुसन्धान गरेर गम्भिर उपचारमा लाग्नु पर्छ’, उनले भने ‘सबैभन्दा पहिला रोगको डाइग्नोसिस गर्नु पर्यो, त्यसपछि कुन उपचार विधिबाट उपचार गर्ने हो, त्यो खोज्नु पर्छ ।

अहिले हामी समस्या छ मात्रै भनिरहेका छौं । तर, कुन क्षेत्रबाट बढी समस्या आएको हो त्यो अनुसन्धानबाटै थाहा हुने हो । अहिले यो समस्यमा विषयमा अर्थ मन्त्रालय र राष्ट्र दुबैले क्षेत्रगत रुपमा समस्या समाधानको उपाय खोज्नु पर्छ ।’
‘एनपीएमात्रै बढेको छैन, गैर बैंकिङ सम्पत्ति, वितरणयोग्य नाफा पनि घटेको छ’, उनले थपे ‘ राष्ट्र बैंकले दिएको सुविधाबाट कतिपय कर्जा पुनःसंरचना र पुनः तालिकीकरण भएका छन् ।’

 

प्रतिक्रिया

हेडलाइन्स