बैंकहरूको प्रतिसेयर आम्दानी पहिलो त्रैमासको तुलनामा सुधारियो, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० वटा वाणिज्य बैंकहरूको औसत प्रति सेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ८१ पैसा रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा १४ रुपैयाँ ६९पैसा थियो । पहिलो त्रैमासबाट दोस्रो त्रैमासमा आउँदा बैंकहरूको प्रतिसेयर आम्दानी करिब २ रुपैयाँ १२ पैसाले बढेको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकहरूले कर्जा जोखिम (नोक्सानी) वापत छुट्याउनु पर्ने रकम २७ अर्बभन्दा माथि गएकाले बैंकहरूको खुद नाफा नै छ । चालु आवको यो अवधिमा बैंकहरूले ३० अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेका छ । बैंकले इम्पेरिमेन्ट चार्ज वापत २७ अर्ब ३७ करोड छुट्याउनु परेकोले बैंकको नाफा घटेपनि बेसिक ईपीएस भने बढेको हो ।

के हो प्रतिसेयर आम्दानी र कसरी निकालिन्छ ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार हो । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहेको नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।

यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । अतः प्रतिसेयर आम्दानीलाई कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्वपूर्ण औजारको रुपमा मानिन्छ ।

बैंकको नाफामा उल्लेख्य सुधार नहुँदा यसको असर प्रतिसेयर आम्दानीमा परेको हो । चालु आवको यो अवधिमा आईपुग्दा १७ बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने ३ बैंकको बढेको छ । यसरी प्रतिसेयर आम्दानी घट्दा लगानीकर्ताको आम्दानीमा समेत धक्का पुगेको छ ।

वाणिज्य बैंकमध्य सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३६.६२ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा ५७ पैसाले बैंकको ईपीएस घटेको हो । चालु आवको दोस्रो त्रैमासमा एभरेष्ट बैंकको ईपीएस २९.१२ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २५.७८ रुपैयाँ, एनआईसी एशिया बैंकको २५.५९ रुपैयाँ रहेको छ ।

नबिल बैंकको २३.७४ रुपैयाँ, प्राइम बैंकको २२.५० रुपैयाँ, कृषि विकास बैंकको १७.७३, सानिमा बैंक १६.८१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । चालु आवको नेपाल एसबिआई बैंकको ईपीएस १६.६१ रुपैयाँ, सिद्धार्थ बैंकको १६.१८ रुपैयाँ, एनएमबि बैंकको १४.९८ रुपैयाँ, हिमालयन बैंकको ईपीएस १३.८९ रुपैयाँ माछापुच्छ्रे बैंकको ईपीएस १३.८६ रुपैयाँ रहेको छ । ग्लोबल आईएमई बैंकको ११.३१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ भने सिटिजन्स बैंककाअ‍े ११.०२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १०.५६ रुपैयाँ रहेको छ भने अन्य बाँकी बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम रहेको छ ।

१० रुपैयाँभन्दा कम प्रतिसेयर आम्दानीमा परेका लक्ष्मी सनराइज, नेपाल बैंक, कुमारी बैंक, प्रभु बैंकको ईपीएस क्रमशः ९.१४ रुपैयाँ, ८.०५ रुपैयाँ, ६.६१ रुपैयाँ र प्रभु बैंकको ईपीएस ६.१२ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स