लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ।

साथै उक्त म्यादभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया

हेडलाइन्स