काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलरसहित युरो, पाउन्ड दिनार धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ।
यी मुद्राको विनियमदर हिजो घटेको थियो। अस्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ । यसअघिका दुई दिन अस्ट्रेलियन डलरको मूल्य लगातार बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा थियो।
आज युरो १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा थियो।
पाउन्ड १ को खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा छ। विगत दुई दिनसम्म बढेको अस्ट्रेलियन डलरका् मूल्य आज घटेको हो।
हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा थियो।
कुबेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।