नयाँ गभर्नर नियुक्ति सिफारिस समितिमा महाप्रसाद अधिकारी चयन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफासिर समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी चयन गरेको छ ।

आज बुधबार बसेको मन्त्री परिषदको बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिएको हो ।

यस अघि बनेको समितिका सदस्य डा. विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि सरकारले आज निवर्तमान गभर्नर अधिकारीलाई उक्त रिक्त सदस्यमा चयन गेको हो ।

अर्थमन्त्री संयोजक रहने उक्त समितिमा अर्का सदस्य विश्व पौडेल रहेका छन् ।

आजमात्रै सर्वोच्च अदालतले ६५ वर्ष उमेर पुगेकालाई गभर्नर नबनाउनु भनेर आदेश दिएको छ ।

प्रतिक्रिया

हेडलाइन्स