कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

बैंकको ४० हजार कित्ता संस्थापक सेयर सबैले खरीद पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखिएको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने सेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ।

इच्छुक लगानीकर्ताले आजदेखि वैशाख २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइने छ।

प्रतिक्रिया

हेडलाइन्स