कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको २ हजार ३०५ कित्ता संस्थापक सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको हो।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्यादभित्र संस्थापक सेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स