काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको हो।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्ने छ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।