काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले पदभार ग्रहण गरेका छन् । घिमिरेले आज वैशाख १० गतेबाट औपचारिक रूपमा सीईओको जिम्मेवारी सम्हालेका हुन्।
बैंकको गत फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई वैशाख १० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ । घिमिरे सन् २००९ देखि नै बैंकमा कार्यरत छन् । उनले १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । यसका साथै उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानूनमा स्नातक गरेका छन् ।
बैंकका तत्कालिन सीईओ सुनिल केसीको कार्यकाल वैशाख ९ गते समाप्त भएसँगै घिमिरेले सीईओ पदको जिम्मेवारी सम्हालेका हुन् ।
घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।