काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ११० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
सेयरको न्यूनतम मूल्य ११६ रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।