सिटिजन्स बैंकद्वारा क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र सिटिजन्स फ्रील्यान्सर सेभिङ एकाउन्टको सुरुवात

काठमाडौं । २०६४ साल वैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वैैशाख ७ गते १८ वर्ष पूरा गरि १९ वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ ।

यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार गा्रहक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब २ खर्ब ०२ अर्ब रहेकोमा कर्जा तर्फ १ खर्ब ७३ अर्ब परिचालन गरेको छ ।

बैंकले १८औं वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकलेू रतmदान नै जिवनदानूभन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

डिजिटल बंैकिङलाई उच्च प्राथमिकतामा राखि ‘ब्रीक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बंैकिङ एप मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुतmानी सेवा संचालनमा ल्याइएको छ ।

सिटिजन्स बैंकका मोबाईल बंैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बंैकिङ सेवा मार्फत अफ लाइन माध्यमबाट नै रु.पाँच हजार सम्मको भुतmानी ट्याप एन्ड प मार्फत सहज रूपमा गर्न सकिनेछ । साथै,बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बंैकिङ मार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सकिनेछ । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

र यहि अवसरमा बैंकले नयाँ बचत खाता, ‘सेभ लोकल, अर्न ग्लोबल – सिटिजन्स फ्रि लेन्सर सेभिङ एकाउन्ट’ भन्ने नाराका साथ संचालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रील्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर, बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ ।

यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा २५,००० रूपैयाँसम्म (ओपीडी सेवा ५००० सम्म), दुर्घटना मृत्यु बीमा ३००,००० रूपैयाँसम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको छ ।

प्रतिक्रिया

हेडलाइन्स