काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिसम्म बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४५ करोडबाट बढेर १ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ ।
चैत मसान्तसम्म बैंकको सञ्चालन नाफा ७१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ३२.४४ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको सञ्चालन नाफा ५४ करोड रुपैयाँ रहेको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ६५ लाखबाट घटेर ३१ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।
बैंकको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड ९८ लाख भन्दा धेरै पुगेको छ ।
बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ भने बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब रूपैयाँ पुगेको छ ।
३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७१ करोड रुपैयाँ जम्मा रहेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.२२ रुपैयाँ रहेको छ ।