काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ विकास बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख खुद नाफा आर्जन गरेका छन् । यो गत आवको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा यी बैंकहरुले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
चैत मसान्तसम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक रहेको छ ।
समिक्षा अवधिमा बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो। गत आवको सोहि अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, दोस्रोमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले समिक्षा अवधिसम्मा ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा बैंकले ८७ करोड ८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, सबैभन्दा कम नाफा कमाउने बैंकमा लुम्बिनी विकास बैंक रहेको छ। समिक्षा अवधिमा बैंकले ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ८५.४५ प्रतिशतले बम हो । गत आवको सोहि अवधिमा बैंकले ३४ करोड २१ लाख खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा सबैभन्दा नाफा बढाउनेमा ज्योति विकास बैंक रहेको छ ।
समीक्षा अवधिमा बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०१.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
amt:000