सानिमा बैंकको नाफा १ अर्ब ६५ करोड

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.८० प्रतिशतले बढी हो। अघिल्लो आवको सोहि अवधिमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड र खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा २ अर्ब ६ करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने साढे ६ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।

बैंकको निष्क्रिय कर्जा १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष ९.५४ प्रतिशत रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रहेको छ ।

१३ अर्ब ५८ करोड रुपैयाँ बैंकको चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १९ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि १६.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स