नेपाल बैंकको नाफा २०३२.८० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा २०३२.८० प्रतिशतले बढी हो। अघिल्लो आवको सोहि अवधिमा बैंकले १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा ५८ करोडबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १० करोड रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ।

बैंकको बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६०.७४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स