राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ४९.२९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९७ करोड २२ लाख ६६ हजार रुपैयाँबाट घटेर ७ अर्ब १० करोड ४४ लाख ५८ हजार रुपैयाँमा पुगेको छ ।

त्यस्तै, अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ३ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा चालु आवमा घटेर १ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ ।

बैंककले निक्षेप संकलन ४ खर्ब २९ अर्ब रुपैयाँबाट बढेर ४ अर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । बैंकले निक्षेपबाट २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

१५ अर्ब ६३ करोड रूपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ३७ अर्ब ४० करोड रूपैयाँ सञ्चिति रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स