स्टान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब १७ करोड

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा १९.०२ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म बैंकको सञ्चालन नाफा ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ५.३४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको वितरणयोग्य नाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख र खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४४ प्रतिशत पुगेको छ ।

१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स