काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।
चालु आवको चैत मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रूपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा १.४० अर्बले बढी हो । अघिल्लो आवको सोहि अवधिमा यी बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रूपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
चैत मसान्तसम्ममा ११ बैंकहरुको खुद नाफा बढेको छ भने ९ बैंकहरुको खुद नाफा घटेको छ।
सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो।
त्यस्तै , दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ४ अर्ब ५४ करोड खुद नाफा आर्जन गरेको छ । तेस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड खुद नाफा आर्जन गरेको छ ।
त्यसैगरि, प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नेपाल बैंक लिमिटेड रहेको छ। बैंकले चालु आवमा २ अर्ब ७८ करोड ३४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २०३२.८० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १३ करोड ५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंकमा एनआईसी एशिया बैंक रहेको छ ।
समीक्षा अवधिमा बैंकले १५ करोड ६७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ९१.८१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख खुद नाफा आर्जन गरेको थियो ।
amt in :000