एनएमबि बैंकले गर्यो २ अर्ब ६० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
जुन नाफा गत आवको सोही अवधिभन्दा ३३ करोड रुपैयाँ बढी हो । एनएमबिले गत वर्षको चैत मसान्तसम्म २ अर्ब २७ करोड नाफा गरेको थियो ।

नाफा बढाएको एनएमबि बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड पुगेको छ । यो रकमबाट बैंकले ६.६५ प्रतिशत लाभांश दिन सक्छ ।

बैंकको खुद ब्याज आम्दानी १ अर्बभन्दा बढीले बढेको छ । ९ महिनामा बैंकले ६ अर्ब ४९ करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ ।

आम्दानी बढेपनि बैंकको नोक्सानी व्यवस्थाका लागि गरेको प्रोभिजन पनि बढेको छ । ९ महिनामा बैंकले १ अर्ब २९ करोड इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ ।

एनएमबिको नाफा बढ्दा प्रतिसेयर आम्दानी पनि १७.२३ रुपैयाँ पुगेको छ । बैंकको नेटवर्थ १५७.१३ रुपैयाँ छ ।

बैंकले हालसम्म २ खर्ब ६९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षमा बैंकले निक्षेप ४५ अर्ब र कर्जा ३१ अर्बले बढाएको छ ।

एनएमबिको निष्क्रिय कर्जा ४.४७ प्रतिशत पुगेको छ । प्राथमिक पुँजीकोष ९.२३ प्रतिशत कायम भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स