माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २८.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले ८५ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३६ लाख रुपैयाँले ऋणात्मक थियो।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ५ करोड ७८ रुपैयाँ रहेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ५२.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँबाट बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकले कुल १ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४० अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले ११ अर्बले निक्षेप विस्तार गरेर थप १४ अर्ब रुपैयाँबराबरको कर्जा दिएको छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भको आकार बढेर ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ८२ करोड १२ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ, एनपीएल ४.५९ प्रतिशत पुगेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स