नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

बैंकको ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको हो।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आफूले किन्न चाहेको सेयर विवरण खुलाइ आगामी ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया

हेडलाइन्स