कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

बैंकको १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको हो।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ।

तोकिएको अवधिभित्र बैंकका संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा जारी गरिने जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स