काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ घटेको छ ।
आज अमेरिकी डलरसहित युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ घटेको हो । अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलर आज बढेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज युरो १ को खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा थियो।
पाउन्ड १ को खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०९ र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८९ पैसा थियो।
बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २९ पैसा बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०२ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।