एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । बैंकले जारी गरेको ५ अर्ब रुपैयाँबराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँट सम्पन्न भएको हो ।

बैंकले उक्त ऋणपत्र गत चैत २५ गतेदेखि २८ गतेसम्म निष्काशन गरेको थियो ।

रितपूर्वक आवेदन दिएकाहरुलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँट गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

१ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ताको कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको छ । सार्वजनिक निष्काशनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।

बाँडफाँटमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङबाट सञ्चिालिन वेबसाइटमार्फत हेर्न सकिनेछ ।

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

प्रतिक्रिया

हेडलाइन्स