नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखिएको हो।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ तोकिएको छ। इच्छुक सेयरधनीले खरीद आवेदन दिँदा घटीमा १ लाख २५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग राख्न सक्नेछन्।

यसमा आज वैशाख २ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति वैशाख ९ गते रहेको छ। इच्छुक संस्थापक सेयरधनीले नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) बाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

हेडलाइन्स