बैंकहरूको आयकर तिर्न छुट्याए करिब साढे २२ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले प्रोभिजन फर आयकर बापत २२ अर्ब ३९ करोड रकम छुट्याएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कर वापत २१ अर्ब ५८ करोड रुपैयाँ छुट्याएका थिए ।

२० वटा वाणिज्य बैंकहरुले फागुन मसान्त सम्ममा प्रोभिजन फर आयकर बापत २० अर्ब ६८ करोड रकम छुट्याएका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

देशमा सञ्चालित २० ओटा वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी आयकर तिर्न पैसा छुट्याएको छ । नबिल बैंकले चालु आर्थिक वर्षको फागुन महिनासम्म २ अर्ब ५ करोड रुपैयाँ आयकर तिर्न रकम छुट्याएको हो ।

नेपाल बैंक लिमिटेडले प्रोभिजन फर आय कर बापत १ अर्ब ८७ करोड छुट्याँउदा वाणिज्य बैंकले ७३ करोड रकम छुट्याएका छन् ।

एनआइएमबी बैंकले १ अर्ब ७५ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९३ करोड, हिमालयन बैंक लिमिटेडले ७१ करोड र नेपाल एसबीआई बैंकले ६३ करोड बराबरको रकम छुट्याएका छन् ।

एभरेष्ट्र बैंकले १ अर्ब ४३ करोड, एनआइसी एसिया ३५ करोड, माछापुच्छ्र्रे बैंक लिमिटेडले ४९ करोड, कुमारी बैंकले १ लाख २८ करोड, लक्ष्मी सनराइज बैंकले ८५ करोड, सिद्धार्थ बैंकले ५२ करोड, कृषि विकास बैंकले ३० करोड, ग्लोबल आइएमी बैंक १ अर्ब ८७ करोड, बराबरको रकम प्रोभिजन फर आयकर बापत छुट्याएका छन् ।

त्यस्तै सिटिजन्स बैंकले ४८ करोड, प्राइम कर्मसियल बैंकले १ अर्ब ७ करोड, एनएमबी बैंकले १ अर्ब १४ करोड, प्रभु बैंकले १ अर्ब ५१ करोड र सानिमा बैंकले ६३ करोड प्रोभिजन फर आय कर बापत छुट्याएको नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यंकले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले हरेक ३/३ महिनामा आफ्नो आम्दानीको ३० प्रतिशत प्रतिशत आयकर वापत सरकारलाई तिर्ने गर्दछन् ।

प्रतिक्रिया

हेडलाइन्स