काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक विकास बैंकको साढे १० लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा, बैंकको ३ प्रतिशत दरका कुल १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।