काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जोखिम कर्जा प्रवाह (प्रोभिजन फर रिक्स)का लागि भनेर ५७ अर्ब २२ करोड २१ लाख लागि छुट्याएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्त सम्ममा २० वटा वाणिज्य बैंकहरुको ४७ अर्ब १३ करोड रुपैयाँ कर्जा जोखिमका लागि प्रोभिजन गरेका हुन् ।
चालु आर्थिक वर्षको ८ महिना अवधिमा नेपाल बैंक लिमिटेडले २ अर्ब ४१ करोड रुपैयाँ कर्जा जोखिमका लागि प्रोभिजन गरेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ३२ करोड रकम प्रोभिजन गर्दा नबिल बैंकले २ अर्ब १२ करोड रुपैँया प्रोभिजन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ९६ करोड, स्टयाण्डर्ड चार्टड बैंकले १७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब २१ करोड, एभरेष्ट बैंक ३४ करोड, एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड रकम जोखिम प्रोभिजन गरेका छन् ।
माछापुच्छ्र्रे बैंक लिमिटेडले ६५ करोड रुपैँया प्रोभिजन गर्दा कुमारी बंैक लिमिटेडले ७ अर्ब १९ करोड रकम प्रोभिजन गरेको छ ।
त्यस्तै लक्ष्मी सनराईज बैंकले ३ अर्ब ६२ करोड, सिद्धार्थ बैंकले २ अर्ब २८ करोड, कृषि बिकास बैंकले २ अर्ब ३६ करोड, ग्लोबल आईएमी बैक १ अर्ब ९२ करोड, सिटिजन्स बैंकले १ अर्ब ४७ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ११ करोड प्रभिजन रकम छुट्याइएको राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।
एनएमबी बैंकले ३ अर्ब १५ करोड प्रोभिजन रकम मार्फत छुट्याउँदा प्रभु बैंकले २ अर्ब ६२ करोड र सानिमा बैंकले १ अर्ब ६५ करोड प्रोभिजन रकम छुट्याएका छन् ।
त्यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालय बैंक लिमिटेडको जोखिम प्रोभिजन रकम शुन्य रहेको छ