सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको
४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर सबैले खरिद गर्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखिएको हो।

बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६५ रूपैयाँ निर्धारण गरेको छ। यसमा आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले आज चैत ३१ गतेदेखि आगामी वैशाख ८ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। आवेदन फाराम डिल्लीबजार बाटुलेघरस्थित सिटिजन्स क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

हेडलाइन्स