काठमाडौं । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । हिजो घटेका अमेरिकी डलर र बहराइन दिनारको भाउ आज स्थिर रहेको हो । त्यसैगरि हिजो बढेका अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका मुद्राको विनियमदर पनि आज घट्बढ् भएको छैन।
आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज युरो १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा छ। पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७१ र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा छ।
आज कुबेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा छ।
बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।