वाणिज्य बैंकहरूको नेट एनपीएल १.५८ प्रतिशत, तीन बैंकको १ प्रतिशतभन्दा कम

काठमाडौं । पछिल्लो महिना वाणिज्य बैंकहरूले खुद खराब कर्जा (नेट एनपीएल) झिनो वृद्धि भएको छ । बैंकहरूको खराब कर्जा बढ्दै गएसँगै नेट एनपीएल पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको की फाइनान्सियल इन्डिकेटरले वाणिज्य बैंकहरूको खराब कर्जा बढेको देखाएको हो ।

वाणिज्य बैंकहरू चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुसमसान्तसम्म १.५८ प्रतिशतमा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू नेट एनपीएल १.१३ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको नेट एनपीएल १.४८ प्रतिशतमात्रै थियो ।
चालु आर्थिक वर्षको पुसमसान्तसम्म सबैभन्दा सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकको रहेको छ ।

दोस्रो त्रैमाससम्म यी दुई बैंकको नेट एनपीएल २.११/२.११ प्रतिशत रहेको छ । तीन वटा बैंकको नेट एनपीएल १ प्रतिशतभन्दा कम रहेको छ ।

एभरेष्ट बैंक, प्रभु बैंक र  स्ट्याण्डर्ड चार्टर्ड बैकको नेट एनपीएल क्रमशः०.२२ प्रतिशत, ०.६२ प्रतिशत र ०.५८ प्रतिशत रहेको छ ।

यो अवधिमा तीन सरकारी बैंक नेपाल बैंकको नेट एनपीएल १.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.९२ प्रतिशत र कृषि विकास बैंकको नेट एनपीएल १.७० प्रतिशत रहेको छ ।

त्यसैगरी नबिल बैंकको यस्तो खराब कर्जा १.७० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंको १.६२ प्रतिशत, हिमालयन बैंक १.०६ प्रतिशत, नेपाल एसबिआई बैंकको १.७५ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंकको १.४७ प्रतिशत, माछापुच्छ्रे बैंकको नेट एनपीएल १.९७ प्रतिशत, कुमारी बैंकको यस्तो एनपीएल १.९० प्रतिशत, ग्लोबल बैंकको एनपीएल १.८० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशन १.६८ प्रतिशत, प्राइम बैंकको १.३६ प्रतिशत, एनएमबि बैंकको १.७८ प्रतिशत र सानिमा बैंकको नेट १.५१ प्रतिशत एनपीएल रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स