फागुनसम्म बैंक तथा वित्तीय संस्थाको नाफा साढे ४३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संंस्थाहरूले ४८ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको यस्तो नाफा ३९ अर्ब ७९ करोड रुपैयाँ थियो ।

सो अवधिमा वाणिज्य बैंकहरूले ४३ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म वाणिज्य बैंकहरूको यस्तो नाफा ३६ अर्ब ६ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको फागुन महिनामा विकास बैंकहरूले ९६ करोड ५० लाख रुपैयाँ नाफा गरेका छन् । गत महिना माघसम्म विकास बैंकहरूको नाफा ९४ करोड २० लाख रुपैयाँ नाफा गरेका थिए ।

फागुन महिनासम्म फाइनान्स कम्पनीहरूले ४७ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन् ।

प्रतिक्रिया

हेडलाइन्स