काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलरसहित अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको हो ।
विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर हिजो पनि बढेको थियो। हिजो र आज लगातार यी मुद्राको विनियमदर बढेको हो।
आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा छ। आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलर हिजो पनि बढेको थियो।
हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज युरो १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा छ। हिजो युरो १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा थियो।
पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३० र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ९५ र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा थियो।
कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।