काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज युरो १ को खरिददर १४९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा थियो।
पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ २५ र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ५२ र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा थियो।
कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ०४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।