गर्भनर अधिकारीले बिदा हुँदै भने, ‘अर्थतन्त्र लयमा राखे, सरकार पक्षको आक्रमण खेपे’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बाहिरीएका छन् । आज उनको अन्तिम दिन हो । ५ वर्षे कार्यकाल शनिबार सकिदैछ । आफ्नो कार्याकालय पुरा गरेर बाहिरीदै गर्दा उनले पत्रकार सम्मेलन आयोजना गरे ।

उक्त क्रममा उनले आफुले अर्थतन्त्रलाई लयमा राख्न महत्वपूर्ण भूमिका देखेको जानाकारी गराए । संसार नै नसोचेको कोभिडको सामान यहि समयमा गर्नुपरेको र त्यसको लागि विभिन्न औपचारिक अनौपचारीक नीतिहरु अवलम्बन गर्नुपरेको जानाकारी गराए । कोभिडको बाबजुद अर्थतन्त्र लगयमा राखेको दावी गरे ।

राष्ट्र बैंकको उद्देश्य पुरा गराउने विगत पाँच वर्षको अवधिमा महत्वपूर्ण सुधारका काम सम्पन्न भएको जानाकारी दिए । कानुनबाट प्रदत्त जिम्मेवारी पूरा गर्ने तथा बैंकको कामकारबाहीलाई थप प्रभावकारी मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ ।
वित्तीय क्षेत्रको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गरी सम्पत्ति शुद्धीकरण तथा साइबर सुरक्षासम्बन्धी सुपरिवेक्षण, भुक्तानी प्रणालीमा संलग्न संस्थाको निगरानी, गैर बैंक वित्तीय संस्थाको सुपरिवेक्षण लगायतका अवधारणासमेतका आधारमा वित्तीय संस्थाको निरन्तर सुपरिवेक्षणरनिगरानी गरिदै आएको छ ।

बैंकले लिएको प्रोत्साहनमूलक व्यवस्थाका कारण डिजिटल भुक्तानी विस्तारमा मुलुकले उल्लेख्य प्रगति हासिल गरेको छ । फिनटेक कम्पनीहरूको लगानी, भुक्तानी सेवासँग सम्बन्धित संस्थाहरू, बैंक वित्तीय संस्थाको सक्रियता र सर्वसाधारणको अभिरुचिले विद्युतीय भुक्तानीमा क्रान्ति नै ल्याइदिएको छ । वित्तीय समावेशिता प्रवद्र्धन गर्दै वित्तीय ग्राहक संरक्षण तथा जनचेतना अभिवृद्धिमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उनले जनाकारी दिए ।

यस अवधिमा बैंकको कार्यलाई आधुनिक, व्यवस्थित तथा थप प्रभावकारी बनाउनका लागि विभिन्न नीतिगत, संस्थागत एवम् प्रक्रियागत सुधार भएका छन् । सेवा प्रवाहलाई छरितो तथा प्रभावकारी बनाउन उपयुक्त जनशक्ति भर्ना गर्दै बैंकका अधिकांश कामकारबाहीलाई प्रविधिमा आधारित बनाइएको छ । यस अवधिमा नेपाल राष्ट्र बैंकको वित्तीय स्थितिमा पनि उल्लेख्य सुधार भएको छ । लगानी विविधिकरण, सिफ्टमा कामकाज गर्ने परिपाटीको सुरुवातको कारण बैंकको आयमा थप वृद्धि भएको छ । विगत चार वर्षको बैंकको लेखापरीक्षण तोकिएको समयमा नै सम्पन्न गरी वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्न सकिएको छ । बैंकको भौतिक निर्माणको पक्षमा प्रगति भएको छ भने अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन थप प्रयासहरू गरिएका समेत जनाकारी दिए ।

साथै अर्थमन्त्री जनार्दन शर्मा हुँदाको समयमा गभर्नर हटाउन हटाउने गरि भएको निर्णयलाई भने उनले राष्ट्र बैंक माथिको प्रहार भएको बताए ।

उनले भने , ‘त्यो स्वायत्तता माथिको प्रहार भएको थियो । त्यसलाई खेपे र न्याय समेत पाएँ ।’

प्रतिक्रिया

हेडलाइन्स