काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरु तथा इसेवा वालेट प्रयोगकर्ता महानुभावहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको शुरुवात गरेको छ ।
मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ ।
यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर फाइनान्सियल पेमेन्ट अन्तर्गत रहेको एटिएम हुइथड्रमा एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार १०००, २०००, ३०००, ४००० र ५००० रूपैयाँ रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ ।
त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटिपी कोड प्राप्त हुनेछ । अब एनआईसी एशिया बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त इत्ए कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ ।
हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।