काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि उक्त सेयर खरीद गर्न इच्छुक सेयधरनीहरूले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।
निवेदन काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र बैंकका सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।